क्यान महासंघको २४औं वार्षिक साधारणसभा सम्पन्न, कुमार चौरासिया निर्विरोध निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

क्यान महासंघको २४औं वार्षिक साधारणसभा सम्पन्न, कुमार चौरासिया निर्विरोध निर्वाचित



काठमाडौं, ९ पुस । कम्प्युटर एशोसिएन नेपाल महासंघ (क्यान महासंघ) नेपालको २४औं वार्षिक साधारणसभा तथा महाधिवेशन पुस ८ गते काठमाडौंमा सम्पन्न भएको छ ।महाधिवेशनबाट अघिल्लो कार्यसमितिमा प्रथम उपाध्यक्षमा रहेर काम गरिसकेका हेमन्त कुमार चौरासिया सर्वसम्वतले केन्द्रीय अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

 


निर्विरोध चयन भएको क्यान महासंघको उपाध्यक्षमा विश्वराम बलामी (संस्थागत), सुनैना घिमिरे पाण्डे (महिला), रोमकान्त पाण्डे (व्यक्तिगत) र नवराज कुँवर (जिल्ला अन्तर्गत) निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा रञ्जित कुमार पोदार निर्विरोध निर्वाचित भएको क्यान महासंघले जानकारी दिएको छ ।
त्यसैगरि महासंघको नयाँ कार्यसमितिको पदाधिकारीअन्तर्गत सचिव पदमा जिल्लाअन्तर्गत जगनबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । थप सचिव पदअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यहरुको मतदानबाट डा. पवनकुमार शर्मा (व्यक्तिगत) र नारायणबहादुर थापा (संस्थागत) निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा खुशल रेग्मी र सहकोषाध्यक्षमा शेखरनाथ दुलाल निर्विरोध निर्वाचित भए
क्यान महासंघको केन्द्रीय सदस्यहरुमा व्यक्तिगत, संस्थागत, विषयगत र जिल्लाशाखाबाट सम्पुर्ण कार्यसमिति सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्य अन्तर्गत रेगबहादुर भण्डारी, सुभाष खड्का, रत्नतारा वैद्य, श्रवणकुमार श्रेष्ठ, घनश्याम खनाल, विक्रम श्रेष्ठ, अमित अग्रवाल, डा. अभिजित गुप्ता, उमेश रघुवंशी, अस्गर अली, अरुणकुमार वंशल, मधु कुमार अमात्य, विक्रम सिंह, दिपेश प्रधान, प्रशान्तलाल श्रेष्ठ, चिरञ्जिवी अधिकारी, ठाकुर कुमार श्रेष्ठ, दीपेश पाठक, भुपालदास श्रेष्ठ, दीपेन्द्रकुमार सिंह, श्यामकल श्रेष्ठ, अशोकबाबु राना, ईश्वरप्रसाद पोखरेल, भुपेन्द्रसिहं वली, दलबहादुर खड्का, हर्कबहादुर सेटी र प्रेम राज पनेरु निर्विरोध निर्वाचित भएका क्यान महासंघले जानकारी दियो ।
महाधिवेशनमा विभिन्न ३३ जिल्लाका प्रतिनिधिहरु सहभागी भएका थिए ।

नवनिर्वाचित अध्यक्ष हेमन्त कुमार चौरासियाले क्यान महासंघलाई एकताबद्ध र अझ पारदर्शी संगठन निर्माण गर्नेे प्रतिवद्धता जनाए ।ग्रामीणस्तरमा सुचना सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धनका कार्यक्रम ल्याउिने उनका योजना छ ।कम्प्युटर एशोसिएन नेपाल महासंघ (क्यान महासंघ) सन् १९९२ मा स्थापना भएर सन् २०१५ मा क्यान महासंघमा परिणत भएको थियो ।

प्रकाशित : ९ पुष २०७४, आईतवार २०:२१