कृषि विकास बैंक सर्लाहीको बरहथवामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कृषि विकास बैंक सर्लाहीको बरहथवामा



काठमाडौं। कृषि विकास बैंकले सर्लाही जिल्ला बरहथवा नगरपालीकामा आधुनिक प्रविधि जडीत शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले गरेका हुन् ।सो अवसरमा सिटौलाले बैंकले प्रदान गर्ने आधुुनिक सेवासुविधा तथा बैंकको सेवाको बारेमा जानकारी गराउदै स्थानीय जनताको सहयोग भएमा बैंकले निरन्तरता पाई भविष्यमा अझ बढी आधुनिक सेवा सुविधाहरु उपलव्ध गराउन सक्ने बताए ।

कार्यक्रममा कृषि विकास बैंकका क्षेत्रीय कार्यालय जनकपुरका निर्देशक प्रमोदबाबु तिवारीको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंकका बैंकिङ्ग कार्यालय मंलगवाका प्रवन्धक रामदुलाल यादवले गरेका हुन् ।कार्यक्रममा उपस्थित मध्ये १०० जना भन्दा बढी सहभागीहरुले बैंक बचत खाता खोलेका थिए ।

प्रकाशित : १० पुष २०७४, सोमबार १२:४५