प्राइम कमर्सियल बैंकको नयाँ शाखाको शुभारम्भ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्राइम कमर्सियल बैंकको नयाँ शाखाको शुभारम्भ



काठमाडौं ।  प्राइम कमर्सियल बैंकले गोरखाको शहीद लखन गाउँपालिका, घैरुङमा नयाँ शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालनपछि बैंकको कार्यालय संख्या ५२ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका बीच बैंकका संचालक बासुदेव रिजालले शाखा कार्यालय शहीद लखनको गोरखा घैरुङमा समुदघाटन गरे ।

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ । साथै बैंकले निक्षेप कर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बताएको छ ।

प्रकाशित : १० पुष २०७४, सोमबार १८:५७