स्याङ्जा कांग्रेसका कार्यकर्ताहरुबीच नै कुटाकुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्याङ्जा कांग्रेसका कार्यकर्ताहरुबीच नै कुटाकुट



स्याङ्जा ।  स्याङ्जा कांग्रेसका कार्यकर्ताहरुबीच नै कुटाकुट भएको छ । बैठक चलिरहेको बेला विवाद बढेपछि शेरबहादुर देउवा पक्षका कार्यकर्ताले रामचन्द्र पौडेल पक्षका कार्यकर्तालाई कुटेको हो । कुटाकुट हुँदा पौडेल पक्षका तीन जना घाइते भएका छन् । घाइते हुनेमा सुशील काफ्ले, भेषराज अर्याल र कमल ढकाल छन् ।

गम्भीर घाइते अर्याल र ढकाललाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । चुनावी समीक्षा गर्न सोमबार बसेको बैठकमा अन्तरघातको कुरा उठेपछि दुई समूहकाबीच विवाद बढ्दै गएर कुटाकुट भएको हो । पौडेल पक्षले भने देउवा पक्षले दादागिरी देखाएर एक्कासी हातपातमा उत्रिएको गुनासो पोखेको छ ।

 

कांग्रेस क्षेत्र नम्बर २ ले वालिङमा आयोजना गरेको समीक्षा बैठकमा काँग्रेस नेता गोपालमान श्रेष्ठको पराजयको विषयमा समीक्षा भइरहेको थियो । गोपालमान देउवाप्रति बफादार नेता हुन । उनको पक्षमा रहेको कार्यकर्ताले पौडेल पक्षका कार्यकर्तालाई साँघातिक आक्रमण गरेको थियो ।

प्रकाशित : १० पुष २०७४, सोमबार २०:१७