तयार रहनुहोस साञ्जेन जलविद्युतको आईपीओ अाउदैछ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तयार रहनुहोस साञ्जेन जलविद्युतको आईपीओ अाउदैछ



काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न  लागेको छ । पुसभित्र ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हाे ।

संस्थापक कर्मचारीतर्फ नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवाका तत्काललिन जिविस र गाउँ विकास समिति, ऋणदाता अन्र्तगत संचय कोषमा रकम जम्मा गर्ने रहेका छन् ।

कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा कर्मचारी, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनीका कर्मचारीका लागि छुट्ट्याएको ८७ करोड रुपैयाँ बराबरको ८७ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

बोर्डबाट स्वीकृत भइसकेकाले पुसभित्रै आईपीओ निष्कासन गरिसक्ने साञ्जेनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले बताए ।

कम्पनीले पहिलो चरणमा २४ प्रतिशत आईपीओ निष्कासन गर्ने छ । सञ्चय कोषका करिब ५ लाख सञ्चयकर्ता लागि १९.५ प्रतिशत, प्राधिकरणका लागि ३.५ प्रतिशत र सञ्चय कोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत सेयर छुट्याइएको छ ।

यस्तै, दोस्रो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत र तेस्रो चरणमा सर्वसाधारणका लागि १५ सेयर निष्कासन हुनेछ ।
कम्पनीले रसुवामा ५७.३ मेगावाटका माथिल्लो र तल्लो साञ्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । आयोजना आगामी वर्ष सम्पन्न हुने उनले जानकारी दिए ।

७ अर्ब ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३ अर्ब ६५ करोड स्वपुँजी लगानी छ । स्वपुँजीमध्ये चिलिमे कम्पनीको ३८, प्राधिकरणको १० र ३ प्रतिशत जिविस रसुवा र चिलिमे गाविसको छ ।

प्रकाशित : ११ पुष २०७४, मंगलवार १०:२३