रानीपोखरीको ऐतिहासिकता मेटिने खेल भएको भन्दै स्थानीयले लगाए पुनर्निर्माणमा रोक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रानीपोखरीको ऐतिहासिकता मेटिने खेल भएको भन्दै स्थानीयले लगाए पुनर्निर्माणमा रोक



काठमाडाै । रानीपोखरीको ऐतिहासिकता मेटिने खेल भएको भन्दै स्थानीयले पुनर्निर्माणमा रोक लगाएका छन् । महानगरपालिका स्थीत वाड नम्बर–२८ का बासिन्दाले आज रानीपोखरी पुगेर पुनर्निर्माणमा रोक लगाएका हुन । उनीहरुले पुरानै अवस्था पुनर्निर्माणको माग राखेर निर्माणस्थलमा तालाबन्दी समेत गरेका छन् ।

 


पुरातत्व विभागले स्वीकृत गरेको नक्सा विपरीत महानगरपालिका प्रमुखले पुनर्निर्माणको काम अगाडि बढाएकाले निर्माणमा अवरोध गरिएको काठमाडौं महानगरपालिका बडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीले जानकारी दिए ।

तालावन्दीपछि रानीपोखरीको पुनर्निर्माण फेरि अवरुद्ध भएको छ । विनासकारी भुकम्पको बर्ष दिनपछि रानीपोखरीको पुनर्निर्माण शुरु गरिएकोमा विवादकै कारण रोकिएको थियो । पछिल्लो समय नगर प्रमुख विद्यासुन्दर शाक्यल पुनर्निर्माणमा सांस्कृतिक र ऐतिहासिक महत्वलाई बेवास्ता गरी व्यापारिक हिसाबले काम गरेको भन्दै आलोचना भएको छ ।

विक्रम सम्वत दुई हजार बहत्तरमा गएको गोरखा भूकम्पले रानीपोखरी र पोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिर पूर्णरुपमा क्षति भएको थियो ।

प्रकाशित : ११ पुष २०७४, मंगलवार १३:२४