प्रभु बैंक अब मनमैजुमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रभु बैंक अब मनमैजुमा



काठमाडौं। प्रभु बैंकले तारकेश्वर नगरपालिकाको मनमैजुमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।नगरपालिकाका मेयर रामेश्वर बोहोराले उद्घाटन गरेको बैंकको शाखा खिचापोखरीबाट स्थानान्तरण भएको हो ।

प्रभु र साविक ग्राण्ड बैंक नेपालबीचको मर्जरको क्रममा एकै स्थानमा शाखा दोहोरिएपछि मनमैजुमा स्थानान्तरण भएको हो । मर्जरका क्रममा शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रकाशित : ११ पुष २०७४, मंगलवार १४:०५