बै‌करको मोजमस्तीमा केन्द्रीय बैंकको अ‌ंकुश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बै‌करको मोजमस्तीमा केन्द्रीय बैंकको अ‌ंकुश



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विदेश गएर पुरस्कार लिन अंकुश लगाएको छ । केन्द्रीय बैंकले मंगलबार निर्देशन जारी गरी यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक सहायता, चन्दा वा कुनै पनि प्रकारको शुल्क, वित्तीय योगदान गरेको आधारमा सोको प्रतिफल स्वरुप कुनै पनि विदेशी निकायबाट पुरस्कार ग्रहण गर्न नपाउने व्यवस्था गरेको छ ।

अबदेखि कुनै पनि विदेशी संस्थाबाट पुरस्कार लिनुपर्दा अनुमति लिनु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । पुरस्कार दिने संस्थाको वैधानिक हैसियत तथा आधिकारिकताको पुष्टि हुने कागजात पेश गर्नुपर्ने छ ।

पुरस्कार लिन जादा हुने भ्रमण खर्चलाई मितव्यीतता बनाउनु पर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ । केन्द्रीय बैंकले बैंक सञ्चालक समिति अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को विदेश भ्रमणलाई थप व्यवस्थित बनाउन आउदो चैतभित्र कार्यविधि बनाई कार्यन्वयनमा ल्याउन निर्देशन दिएको छ ।

विदेश भ्रमणमा जादा भ्रमणको उपयोगितालगायतका विषयमा सञ्चालक समितिबाट पारित गरेको हुनुपर्ने, संस्थाका प्रमुख व्यक्ति विदेश जादा हुने खर्च र लाभ दुबैको विश्लेषण र खर्च मितव्यी हुनेपर्ने निर्देशनमा उल्लेख छ ।

प्रकाशित : ११ पुष २०७४, मंगलवार १७:४१