डा. लोहनीले स्वास्थ्य विमाको कार्यकारी निर्देशक छाडे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

डा. लोहनीले स्वास्थ्य विमाको कार्यकारी निर्देशक छाडे



काठमाडौं । समाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य विमा) को कार्यकारी निर्देशक पदबाट डा. गुणराज लोहनीले राजिनामा दिएका छन् । स्वास्थ्य विमा ऐन दुई महिना पहिले संसदबाट पास भएपछि अहिले नियमावली बन्ने क्रममा छ ।

 

ऐनले समितिको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाका माध्यमबाट छनौट गर्नु पर्ने उल्लेख गरेको छ । आर्थिक वर्ष २०७२।०७३ वाट कैलाली, बाग्लुङ र धनकुटाबाट सुरु गरिएको स्वास्थ्य विमा कार्यक्रम बिस्तारै देशभरि नै सञ्चालन गर्ने तयारी सरकारले गरेको छ । डा. लोहनी यो कार्यक्रम सुरु भएदेखि नै कार्यकारी निर्देशक पदमा थिए ।

प्रकाशित : १० पुष २०७४, सोमबार १७:५३