अब सस्तो मुल्यमै सिटामोल पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अब सस्तो मुल्यमै सिटामोल पाइने



काठमाडौं । अब सस्तो मुल्यमै सिटामोल पाइने भएको छ । पूर्णसरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले एक रुपैयाँभन्दा सस्तो मुल्यमा वितरण गर्नेगरि यहि माघभित्र सिटामोल उत्पादन गर्ने भएको छ ।

 

लिमिटेडले औषधि उत्पादनका लागि आवश्यक गर्ने अन्तराष्ट्रिय मापदण्ड गुड म्यानिफ्याचरिङ प्राक्टिस (जीएमपी) पुरा गर्न नसकेका कारण विगत ७ बर्षदेखि सिटामोललगायतका विभिन्न प्रकारको औषधि उत्पादन गर्न सकिरहेको थिए ।

सार्वजनिक संस्थानहरुमा हुने राजनीतिक करणका कारण मृत्यु शैयामा पुगेको सो कम्पनीलाई तत्कालिन उद्योग मन्त्री नविन्द्रराज जोशीले पुनःजीवन दिएका थिए । २०७४ बैशाख २४ गतेदेखि जीएमपी मापदण्डको जीवनजलको उत्पादन गर्न थालिसकेकोे छ ।

माघभित्र सिटामोल उत्पादन गर्नका सिटामोल उत्पादन इकाईको पुनःनिर्माणको अन्तिम चरणमा पुगेको लिमिटेडका महाप्रबन्धक डा. रोमसकुसम सुवदीले जानकारी दिए ।

‘ट्याब्लेट उत्पादन गर्नका लागि भारतबाट २ वटा कम्प्रेशन खरिदका लागि सम्पूर्ण प्रक्रिया पुरा गरिसकिएको छ, समयमै भारतबाट मेसिन आएमा माघभित्र ट्याब्लेट उत्पादन सुरु हुनेछ,’ सुवदीले भने ।

साथै, लिमिटेडले उत्पान गर्ने औषधिको अधिकतम मुल्य एक रुपैयाँभन्दा महँगो नपर्ने पनि उनले बताए ।

सरकारले हाल ७० भन्दा बढी प्रकारका औषधिहरु निःशुल्क वितरण गर्दै आएको छ । सरकारी कम्पनीले सस्तो मुल्यमै औषधि उत्पादन गर्दा जनतालाई निःशुल्क औषधि वितरण गर्दा सरकारलाई पहिलेको भन्दा कम आर्थिक भार पर्नेछ ।

प्रकाशित : ११ पुष २०७४, मंगलवार १८:१२