कास्कीको रुपा गाउँपालिकामा सनराइज बैंकको नयाँ शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कास्कीको रुपा गाउँपालिकामा सनराइज बैंकको नयाँ शाखा



काठमाडौ । सनराइज बैंकले कास्कीको रुपा गाउँपालिकामा नयाँ शाखा स्थापना गरेको छ । मंगलबारबाट संचालनमा आएको उक्त शाखाको उद्घाटन बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादब र गाउँपालिका अध्यक्ष नवराज ओझाले संयुक्त रुपमा गरेका हुन् ।

बैंकले नेपाल अधिराज्यभर ७१ वटा शाखा र ८७ वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन. काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।

प्रकाशित : ११ पुष २०७४, मंगलवार १८:२२