नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छुः देउवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छुः देउवा



चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि आफ्नो जिम्मेदवारी पुरा भएको बताएका छन् । ‘अब नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छु’ प्रधानमन्त्री देउवाले मंगलबार सौराहमा हात्ती महोत्सव उद्घाटन गर्दै भने, ‘तर त्यसको लागि अझै केही प्रकृया मिलाउन बाँकी छ ।’

प्रधानमन्त्री देउवाले पार्टीलार्इ घाटा हुन्छ भन्ने जान्दाजान्दै पनि संविधान कार्यान्वयनको लागि निर्धारित समयमा निर्वाचन सम्पन्न गराएकाे बताए । । ‘‘निर्वाचन निष्पक्ष र धाँधलीरहित ढंगबाट सम्पन्न भयो, यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सकारात्मक सन्देश गएको छ’ उनले भने, ‘संविधान अब पूर्ण रुपमा कार्यान्वयन हुन्छ ।’

प्रकाशित : ११ पुष २०७४, मंगलवार १८:३४