एभरेष्ट बैंकको बोनस सुरक्षित गर्नु भो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एभरेष्ट बैंकको बोनस सुरक्षित गर्नु भो ?



काठमाडौं । एभरेष्ट बैंक लिमिटेड ले पुस २८ गते २३ औं साधारणसभा बोलाएको छ । बैंकले साधारणसभा प्रयोजनका लागि पुस १३ गतेदेखि शेयरधनी पुस्तिका बन्द गर्ने भएको छ । बैंकको साधारणसभामा भाग लिन र बोनस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

उक्त साधारणसभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको ३३ प्रतिशतका दरले बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७४ प्रतिशत १० करोड ४८ लाख २२ हजार ५१३ रुपैयाँ नगद लाभांश दिने भएको हो ।

एभरेष्ट बैंकको साधारणसभा पुस २८ गते विहान ११ बजे लैनचोर ब्यांकेट लैनचोरमा बस्दैछ ।

बैंकले गत आवमा १ अर्ब ९८ करोड १६ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

प्रकाशित : १२ पुष २०७४, बुधबार १०:५९