पोखरा फाइनान्सले पुस ३० गतेदेखि हकप्रद निष्काशन गर्ने , कहाँबाट दिने अावेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पोखरा फाइनान्सले पुस ३० गतेदेखि हकप्रद निष्काशन गर्ने , कहाँबाट दिने अावेदन ?



काठमाडाै । पोखरा फाइनान्सले पुस ३० गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । पोखरा फाइनान्सले १५ प्रतिशत हकप्रद निष्काशनको गर्न लागेको हो । अब कम्पनीले ९ लाख ८३ हजार ६८२ दशमलव ७४ कित्ता हकप्रद निष्काशन गर्ने छ ।

हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् ।

लगानीकर्ताले फागुन ६ गतेसम्म हकप्रद भर्न सक्ने छन् । हकप्रद निष्काशनको लागि एनआईबिएल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले एनआईबिएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाट र लगनखेल, पोखरा फाइनान्सका शाखाहरु, इन्भेस्ट बैंकका विराटनगर, बिरगंज, नेपालगञ्ज, नारायणगढ, बुटवल र धनगढी शाखाबाट हकप्रद भर्न सक्ने छन् । साथै सबै आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिने छ ।

हाल फाइनान्सको चुक्ता पुंजी ६५ करोड ५७ लाख रहेकोमा हकप्रद विक्रीपछि फाइनान्सको चुक्ता पूँजी ७५ करोड ४१ लाख पुग्नेछ ।

चालु आवको प्रथम त्रैमासमा फाइनान्स कम्पनीले एक करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्रकाशित : १२ पुष २०७४, बुधबार ११:५३