सानिमा म्युचुअल फन्डको इकाई बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सानिमा म्युचुअल फन्डको इकाई बाँडफाँड



काठमाडाै । योजना व्यवस्थापक सानिमा क्यापिटल रहेको सानिमा म्युचुअल फन्डको इकाई बाँडफाँड भएको छ। गत मङ्सिर १२ देखि मङ्सिर २२ सम्म निष्काशन गरिएको सानिमा म्युचुअल फन्डमा सबैले मागअनुसारको नै इकाई प्राप्त गरेको क्यापिटलले जनाएको छ।

सानिमा म्युचुअल फन्ड अन्तर्गतको पहिलो ७ बर्षे बन्दमुखी योजना सानिमा इक्विटि फन्डको इकाईमा सर्वसाधारणबाट माग भन्दा बढी आबेदन परेकाले इकाईको आकार १२ करोडबाट बढाएर १३ करोड कायम गरिएको थियो।

 

सामूहिक लगानी कोष नियमावली २०६७ वमोजिम कुल माग गरेको इकाइ संख्यामध्ये २५ प्रतिशत सम्म बढाउन पाउने ब्यवस्था रहे अनुसार क्यापिटलले फन्डको आकार बढार १३ करोड पुर्याएको हो।

जस मध्ये रितपूर्वक आबेदन दिने २१ हजार १ सय ३५ जनाले माग गरे बमोजिम नै सानिमा म्युचुअल फन्डको इकाई प्राप्त गरेका छन। बाँकी रहेको दुई करोड दुई लाख ९२ हजार ६८० इकाईलाई वीज पूँजी कायम गरिएको क्यापिटलले जनाएको छ ।

सानिमा क्यापिटलको व्यवस्थापनमा रहेको सानिमा म्युचुअल फन्ड ७ बर्षे बन्दमुखी योजना हो। क्यापिटलमा सानिमा बैंकको पूर्ण स्वामित्व रहेको छ।

प्रकाशित : १२ पुष २०७४, बुधबार १३:०७