ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स २१ दशमलव ५३ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएको उतपादनमुलक समुह बाहेक अरु सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १५६ कम्पनीको १३ लाख ६८ हजार ४ सय ७५ कित्ता सेयरबाट ७६ करोड ५७ लाख ६९ हजार ६ सय ६२ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह १ सय ३६ दशमलव ९१ अंकले ओरालो लागेको छ। आज विकास बैँक समुह २४ दशमलव ६९ अंकले, जलविधुत समुह २४ दशमलव २९ अंकल,लघुवित्त समुह २३ दशमलव ७२ अंकले, अन्य समुह २० दशमलव ५३ अंकले, बैँक समुह १७ दशमलव ८६ अंकले, होटल समुह ५ दशमलव ६ अंकले र फाइनान्स समुह ४ दशमलव ३६ अंकले ओरालो लागेको छ ।
बुधबार उतपादनमुलक समुह भने उकालो लागेको छ। आज उतपादनमुलक समुह ६ दशमलव ५२ अंकले उकालो लागेको छ ।

प्रकाशित : १२ पुष २०७४, बुधबार १५:२०