पुनर्निर्माण प्राधिकरण भन्छ – दुई वर्षमा ४६ प्रतिशत काम सकियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पुनर्निर्माण प्राधिकरण भन्छ – दुई वर्षमा ४६ प्रतिशत काम सकियो



काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । प्राधिकरणले आफ्नो वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा कार्यक्रम गरी प्रगति विवरण सार्वजनिक गरेको छ ।

स्थापना भएको दुई वर्षमा विशेष गरेर भूकम्पपछिको पुनर्निर्माणमा फड्को मारेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताए । विभिन्न कठिनाईका बावजुत भूकम्पपछिको निर्माण कार्य रफ्तारमा भइरहेको प्रमुख कार्यकारी अधिकृत भुसालको भनाइ छ ।

कार्यक्रममा बोल्दै प्राधिकरणका सचिव मधु सुदन अधिकारीले भूकम्प प्रभावित ३१ जिल्लामा पुनर्निर्माण सम्पन्न भएका र हाल निर्माणाधीन निजी घर, सरकारी भवन, शैक्षिक संस्था, सांस्कृतिक सम्पदा, स्वास्थ्य संस्था र खानेपानी प्रणालीको तथ्यांक हेर्दा निराश हुनुपर्ने अवस्था नरहेको बताए ।

भूकम्पपीडितलाई सुरक्षित आवास उपलब्ध गराउनु नै प्राधिकरणको मुख्य उद्देश्य भएको भन्दै सचिव अधिकारीले सरकारले उपलब्ध गराएको पहिलो किस्ता लिएर घर बनाउन शुरु गरी दोस्रो किस्ता लिने र घर निर्माण गरी तेस्रो किस्ता लिनेको संख्या पनि बढिरहेको जानकारी दिए ।

प्राधिकरण तेस्रो वर्ष टेक्दासम्म ७९ हजार पाँच सय घर निर्माण भएका छन् । प्राधिकरणको लाभग्राही सूचीमा सूचीकृत कुल लाभग्राही संख्या सात लाख ६७ हजार छन् । यसमध्ये एक लाख ९४ हजार घर निर्माण भइरहेको प्राधिकरणको तथ्यांक छ ।

प्रकाशित : १२ पुष २०७४, बुधबार १६:५१