ग्रीन डेभलपमेन्ट बैंकले ४०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

ग्रीन डेभलपमेन्ट बैंकले ४०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने



काठमाडौ । ग्रीन डेभलपमेन्ट बैंक ले १ बराबर ४ को अनुपातमा अर्थात ४०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्कासन गर्ने लागेको हो ।

बैंकको उक्त हकप्रद शेयरमा पुस १६ गतेदेखि कायम शेयरधनीले माघ २ गतेदेखि फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद बिक्री पश्चात पूँजी ५० करोड पुग्नेछ ।

कहाँबाट दिने आवेदन

बैंकको हकप्रदमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल, एनआईबीएल क्यापिटल लाजिम्पाट, ग्रीन डेभलपमेन्ट बैंकको हरिशंकर रोड बाग्लुङ, गणेशटोल बेनी र न्यूरोड सभागृहचोक पोखराबाट आवेदन दिन सकिनेछ ।

त्यस्तै लक्ष्मी बैंक लिमिटेडका काठमाडौं उपत्यकाभित्र महाराजगञ्ज, कलंकी, ललितपुरको पुल्चोक, उपत्यका बाहिर पर्साको विरगञ्ज, मोरङको विराटनगर, रुपन्देहीको भैरहवा, कास्कीको पोखरा, चितवनको नारायाणगढ, बाँकेको नेपालगञ्ज, कैलालीको धनगढी, धनुषाको जनकपुर, सुनसरीको इटहरी, झापाको दमक, सुनसरीको धरान, सिराहको लहान, स्याङ्जाको वालिङ, सुर्खेतको विरेन्द्रनगर, दाङको घोराही, महोत्तरीको जलेश्वर, सल्यानको श्रीनगर, दोलखाको चरिकोट, काभ्रेपलाञ्चोकको बनेपा, तनहुँको दमौली, मकवानपुरको हेटौंडा र बाग्लुङबाट साथै आस्बा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : १३ पुष २०७४, बिहीबार ११:२२