राष्ट्रपति र प्रचण्ड भेट- अध्यादेश, नयाँ सरकार गठनलगायतका विषयमा छलफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रपति र प्रचण्ड भेट- अध्यादेश, नयाँ सरकार गठनलगायतका विषयमा छलफल



काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच विहिबार भेट भएको छ । उनीहरुबीच राष्ट्रियसभाको अध्यादेश, नयाँ सरकार गठनलगायतका विषयमा छलफल भएको जनाइएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न भेटमा भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनबाट प्राप्त ताजा जनादेश बमोजिम चाँडो नयाँ सरकार गठन भई मुलुकको समृद्धितर्फ लाग्ने कार्यमा सफलता मिलोस् भनी अध्यक्ष दाहाललाई शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार जनताको भावना बमोजिम सरकार गठनपछि मुलुकको आर्थिक सामाजिक रुपान्तरण र समृद्धिले गति लिने अपेक्षासमेत व्यक्त गरेकी थिइन् ।

राष्ट्रियसभाको निर्वाचन कुन पद्धतिमा गर्ने भन्ने विषयमा प्रमुख दलहरुबीच विवाद कायम हुँदा त्यससम्बन्धी अध्यादेश जारीमा ढिलाइ भइरहेको छ । राष्ट्रियसभाको निर्वाचनपछि या अगावै नयाँ सरकार बन्ने भन्ने पनि टुङ्गो लागिसकेको छैन ।

प्रकाशित : १३ पुष २०७४, बिहीबार १२:४०