एनआईसी एशिया बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआईसी एशिया बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन



काठमाडौं । एनआईसी एशिया बैंकले ३ अर्ब रुपैयाँ बराबरको एनआईसी एशिया डिबेन्चर २०८१/८२ नामक ऋणपत्र निष्कासन गरेको छ । बैंकले यस ऋणपत्रको बिक्री खुल्ला पौष १३ देखी १७ गतेसम्मका लागि गर्ने बताएको छ ।

बैंकले १ हजार रुपैयाँ अंकित मुल्य भएको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने जनाएको छ । बैंकले सो ऋणपत्र निष्कासनको लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

यस ऋणपत्रको ८० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ व्यक्तिगत तवर मार्फत र २० प्रतिशत अर्थात ६० करोड रुपैयाँ सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन गरिने बैंकले जनाएको छ । वार्षिक ९ प्रतिशत ब्याजदर रहेको यस ऋणपत्रको अर्ध वार्षिक रूपमा ब्याज झुक्तानी गरिने छ । ऋणपत्रको अवधि ७ वर्ष हुनेछ ।

बैंकले निष्कासन गर्न लागेको यस ऋणपत्रलाई ईक्रा नेपालको रेटिङ अनुसार लगानीको उच्चतम सुरक्षा र न्यून कर्जा जोखिम रहेको छ । यो ऋणपत्र नेपाल स्टक एक्सचेन्जलिमिटेडमा सूचिकरण गरिने छ ।

प्रकाशित : १३ पुष २०७४, बिहीबार १३:०४