प्रभु लाइफले शुरु गर्यो म्यादी जीवन बीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रभु लाइफले शुरु गर्यो म्यादी जीवन बीमा



काठमाडौं । प्रभु लाइफ इन्स्योरन्स लिमिटेडले विदेश जाने कामदारहरुका लागि बैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजनाको शुभारम्भ गरेको छ । कम्पनीले बिहीबारदेखि लागु हुने गरी म्यादी जीवन बीमा योजनाको शुभारम्भ गरेको हो ।

बिहीबार राजधानीमा आयोजित एक समारोहका बीच कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले नयाँ बीमा योजनाको शुभारम्भ गरे । शुभारमभ समारोहमा बोल्दै अध्यक्ष पाण्डेले प्रभु लाइफले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि कम्पनी सदा तप्पर भै सेवा दिने बताए । उक्त कार्यक्रममा प्रभु बैंकका संचालक अम्बिका शर्मा तथा प्रभु लाइफका संचालक नरेश मल्लले समेत ग्राहक माझ आफ्नो पहिचान बनाउन प्रभु लाइफसफल हुने कुरामा दुई मत नरहेको बताए ।

म्यादी जीवन बीमा बाफल स्थित बैदेशिक रोजगार जीवन बीमा शाखाबाट बीमा गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित : १३ पुष २०७४, बिहीबार १६:४४