ताम्राकार कम्प्लेक्सको नयाँ योजना सार्वजानिक, मोबाइल किन्दा मोटरसाइकल उपहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ताम्राकार कम्प्लेक्सको नयाँ योजना सार्वजानिक, मोबाइल किन्दा मोटरसाइकल उपहार



काठमाडौं । अंग्रेजी नयाँ वर्षको अवसर पारेर ताम्राकार कम्प्लेक्सले लक्की ड्र बाट मोटरसाइकल पाउने योजना ल्याएको छ । अंग्रेजी नयाँ बर्षबाट एकहप्तासम्म मोबाइल खरिद गर्दा लक्की ड्र बाट मोटरसाइकल पाउने योजना ताम्राकार मोबाइल जनाएको छ ।

‘ताम्राकारमा मोबाइल किनौं मोटरसाइकल चढौं’ भन्ने स्लोगनका साथ जनवरी १ तारिखबाट ७ तारिख सम्म मोबाइल खरिद गर्नेहरु मध्येबाट गोला प्रथा गरी सुजुकीको एउटा मोटरसाइकल उपहार प्रदान गरिने ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले जानकारी दिए ।

दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजना अन्तर्गत पहिलो मोटरसाइकल ससेन्द्र बिक्रम चौधरीले पाएका थिए भने दोस्रो बम्पर उपहार बुद्धनगरका रमेश तण्डुकारले पाएका थिए । ताम्राकारकै बम्पर उपहार योजना अन्तर्गतको ताम्राकारको दशैं तिहार उपहार योजना अन्तर्गत ५० जनाले मोबाइल, ६५ वटा पावर बैंक र ५० भन्दा बढी ब्लुतुथ बितरण गरिएको मोबाइल ब्यापार संघ ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले जानकारी दिए ।
मोटरसाइकलको लक्की ड्र अंग्रेजी महिना जनवरीको दोस्रो हप्ता गरिने बजारले जनाएको छ ।

प्रकाशित : १३ पुष २०७४, बिहीबार १६:५०