यसरी जिल्याए सेञ्चुरीलाई अनिल केशरी शाहाले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यसरी जिल्याए सेञ्चुरीलाई अनिल केशरी शाहाले



काठमाडाै । नविल बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल शाह नियुक्त भएका छन्।बैंकको विहिबार बसेको संचालक समिति बैठकले शाहलार्इ चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

फाइल फोटो

सेञ्चुरी कमर्शियल बैङ्कसँग प्रमुख कार्यकारी बन्ने सम्झौता गरेका अनिल केशरी शाहले सेञ्चुरीलाई धोका दिंदै पुन नबिल बैंकको सीइओ बन्न लागका हुन । सेञ्चुरी कमर्शियल बैङ्कसँग मासिक रु १२ लाखभन्दा बढी तलव सुविधाको सम्झौता गरेका शाहले एक्कासी सो बैंकलाई धोका दिएर ८ वर्षपछि फेरि घुमुफिरी रुम्जाटार भने झैं नबिल बैंक कै सीइओमा फर्किएका छन् ।

स्रोतका अनुसार, नेपाल राष्ट्र बैंकको बाणिज्य बैंकहरुको तलव सुविधा सम्बन्धी निर्देशनले प्रमुख कार्यकारी अधिकृतलाई रु. १२ लाखभन्दा बढी तलव दिन सेञ्चुरी बैङ्कको वासलातको क्षमताले मिल्दैन थियो । अनिल केशरी शाहको सेञ्चुरीको तलव घटेर ८/९ लाख रुपैयाँको हाराहरीमा आउने थियो । शशिन जोशीले राजीनामा दिएपछि बैंकमा सिइओ पद खाली थियो।जोशीको राजीनामा फागुन ५ गतेदेखि लागु हुने गरि स्वीकृत भएको थियो।

हलो दखि हाइड्रो सम्मको अभियान लिएर मेगा बैंकको संस्थापक प्रमुख कार्यकारी अधिकृत बनेका शाहा गफ अनुसारको काम गर्न नसकेको मेगा भित्रै अालोचना हुने गरेको छ । पाँच तारे बैंकको नाम दिएर दरबार मार्गमा महङगो भाडा तिरेर सञ्चालनमा अाएको बैंक अहिले राइजिङ महलमा कोचिएर सञ्चालन भै रहेको छ ।

प्रकाशित : १३ पुष २०७४, बिहीबार २१:४२