राष्ट्र बैंकले लगायो लगाम, अनिल केशरी शाह ६ महिना बेरोजगार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्र बैंकले लगायो लगाम, अनिल केशरी शाह ६ महिना बेरोजगार



काठमाडौं। अनिल केशरी शाह ६ महिनाका लागि कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत बन्न नपाउने भएका छन् ।

राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै प्रमुख कार्यकारी अधिकृतहरु जुनसुकै कारणले आफ्नो सेवाबाट निबृत्त भएको ६ महिना भित्र अर्को बैंकमा जान नपाउने निर्देशन जारी गरे पछि शाहको  जागिर नै अन्याैलमा परेकाे छ ।

शाहले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को बाध्यकारी व्यवस्थाका कारण करिब १ महिना अघि मात्रै मेगा बैंक छाडेका थिए ।

नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुका लागि ६ महिना कुलिङ पिरियड तोकेको छ। राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै प्रमुख कार्यकारी अधिकृतहरु जुनसुकै कारणले आफ्नो सेवाबाट निबृत्त भएपछि कम्तिमा ६ महिना अवधि बाहिर रहेर मात्र फेरि बैंकमा फर्किन पाउने भएका हुन्।

नेपाल राष्ट्र बैंकले बैंकमा प्रमुख कार्यकारी अधिकृतको समयावधिका विषयमा नयाँ निर्देशन जारी गर्दै शाहको अर्को बैंकमा जाने बाटो बन्द गरिदिएको हो ।

यसरी जिल्याए सेञ्चुरीलाई अनिल केशरी शाहाले

राष्ट्र बैंकले जारि गरेका निर्देशीकामा बैंक तथा वित्तीय संस्थाहरुमा वित्तीय सुशासन नभएको भन्दै बैंक सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई एउटा सस्था छोडेको ६ महिना सम्म अर्को वित्तीय संस्थामा जानलाई रोक लगाएको छ ।

प्रकाशित : १४ पुष २०७४, शुक्रबार १८:४४