यसरी हुँदै छ तातोपानी ब्यूँत्याउने कसरत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यसरी हुँदै छ तातोपानी ब्यूँत्याउने कसरत



काठमाडौं । चीनले तातोपानी नाका पन्छाउन्दै केरुङ–रसुवागढीलाई अन्तर्राष्ट्रिय मान्यता दिए पनि नेपाली पक्षले आफ्नो पुरानै नाकातिर केन्द्रित गरेको छ । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

सिन्धुपाल्चोकको उत्तरी साीमा तातोपानीमा स्थापित चीन जोड्ने या साढे पाँच दशक पुरानो नाका ०७२ को विनाशकारी भूकम्पयता ठप्प थियो । यसअघि चीाले रसुवागढी–केरुङ नाकालाई प्राथमिकता दिँदै तातोपानी नाका स्थायी रुपमा बन्द गर्ने प्रस्ताव नेपाल सरकार समक्ष राखेको थियो ।

केही दिनअघि खासामा भएको द्विपक्षीय सुरक्षा प्रमुखस्तरीय बैठकमा नेपालले तातो पानी बन्द हुँदा आयात–निर्यातमा परेको नोक्सानीबारे अबगत गराएपछि चिनियाँ पक्षले सीमा वारपारको सुरक्षा बलिया भए नाका खुलाउन सकिने संकेत दिएको हो ।

प्रकाशित : १६ पुष २०७४, आईतवार ०५:३८