ट्रमा सेन्टरमा नेपाल इन्भेष्टमेण्ट बैकको एक्स्टेन्सन काउन्टर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ट्रमा सेन्टरमा नेपाल इन्भेष्टमेण्ट बैकको एक्स्टेन्सन काउन्टर



काठमाडौ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौं महानगरपालिकाको माहांकालस्थित रााष्ट्रिय ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टर परिसरमा खोलिएको काउन्टरले ट्रमा सेन्टरको आर्थिक कारोबार गर्न सहयोग गर्ने छ । काउन्टरले ट्रमा सेन्टरमा आउने विरामीको उपचारका क्रममा टिकट काट्नेदेखि विल भुक्तानीमा पनि सहयोग गर्ने छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न कला तथा सस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पु¥याउदै आएको छ । यसै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३६५ दिन, २४ सै घण्टा सेवा संचालन हुने गरी ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको हो । यस सेवाले अस्पतालमा आउने विरामीले सुविधा पाउनेमा बैंक विश्वस्त छ ।

साथै बैंकले निकट भविस्यमै ट्रमा सेन्टरको परिसरमै आफनो ९८औं एटिएम संचालनमा ल्याउने छ । राष्ट्रिय ट्रमा सेन्टरको प्रबेशद्वरमा रहने एटिएमबाट अस्पतालमा आउने सेवाग्राहीका साथै सर्वसाधारणले पनि सेवा लिन सक्नेछन ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणगढ र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९७ वटा एटिएम पुगेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ५४ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ । निजि क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी रु १०.६३ अर्ब रहेको यस बैंकको हाल निक्षेप रु. १३१ अर्ब तथा कूल कर्जा लगानी रु. १०७ अर्ब पुगेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले ूदि बंैकरू, फाइनान्सियल टाइम्स, लण्डनद्वारा दिइएको सम्मानजनक ूबैंक अफ दि इयरू उपाधि ५ पटक प्राप्त गरिसकेको छ भने इक्रा नेपालबाट “क” वर्गको रेटिङ पनि ५ वर्षदेखि लगातार हासिल गर्दै आइरहेको छ ।

प्रकाशित : १६ पुष २०७४, आईतवार १६:०२