राष्ट्रियसभाको चुनाव नभएसम्म प्रतिनिधीभा चुनावको अन्तिम परिणाम सार्वजनिक गर्न नमिल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्रियसभाको चुनाव नभएसम्म प्रतिनिधीभा चुनावको अन्तिम परिणाम सार्वजनिक गर्न नमिल्ने



काठमाडौं ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रियसभाको चुनाव नभएसम्म प्रतिनिधीभा चुनावको अन्तिम परिणाम सार्वजनिक गर्न नमिल्ने बताएका छन् ।

आयुक्त यादवले राष्ट्रियसभाको चुनावपछि आएको नतिजाका आधारमा प्रतिनिधिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक गरिने बताए । राजधानीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै आयुक्त यादवले यस्तो बताएका हुन् ।

उनले दलहरुले प्रदेशसभाको समानुपातिकतर्फ पहिला बुझाएको बन्द सूचीबाट नाम तलमाथि गरेको पाइएमा कारबाही गर्ने चेतावनी समेत दिएका छन् । “निर्वाचन आयोगको निर्देशिकाअनुसार पहिला बन्द सूचिमा नाम जुन बुझाइएको छ, त्यही अनुसार अहिले नाम पठाउनुपर्छ । त्यसमा क्रमसंख्या तलमाथि गर्ने अधिकार दलहरुलाई छैन । त्यो भनेको कानुन र निर्देशिका विपरित हुन्छ । त्यस विषयमा आयोगको सचिव र जिल्ला निर्वाचन अधिकृतहरुले छानबिन गरिरहनुभएको छ ।”, उनले भने ।

संविधान अनुसार संघीय संसदमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने भएकाले राष्ट्रियसभाको नतिजा पछि महिलाको सहभागिता कति थप्नुपर्ने हो त्यो प्रतिनिधीसभाको समानुपातिकबाट पूर्ति गर्नुपर्ने यादवले बताए ।

यादवले राष्ट्रियसभा र प्रतिनिधिसभा गरी कूल ३ सय ३४ को ३३ प्रतिशत महिला चाहिने भएकाले त्यसका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पूरा गर्नुपर्ने व्यवस्था भएको बताए ।
राष्ट्रियसभाको चुनावको मिति घोषणा भएको बढिमा ३० दिनभित्र सबै नतिजा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भएकाले सोही अनुसार आयोगले काम गर्ने यादवले बताए ।

प्रकाशित : १६ पुष २०७४, आईतवार १६:१७