सन् २०१८लाई सेयर बजारको हरियाे झन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सन् २०१८लाई सेयर बजारको हरियाे झन्डा



काठमाडौँ । सन् २०१८ को पहिलो दिन सोमबार सेयर बजार ४४.२२ अंकले बढेको छ । आइतबार २४.२ अंकले घटेर १३९०.५८ बिन्दुमा झरेको बजार आज १४३४.८० बिन्दुमा पुगेर बन्द भएको छ ।

 

आज कारोबारमा आएको अन्य  समुह बाहेक अरु सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १६३ कम्पनीको ११ लाख ३२ हजार ५८ कित्ता सेयरबाट ४९ करोड ४३ लाख १७ हजार २ सय ११ रुपैयाको कारोबार भएको छ।

सोमबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ।आज इन्स्योरेन्स समुह २ सय ७० दशमलव ८ अंकले उकालो लागेको छ। आज होटल समुह १ सय ११ दशमलव ५७ अंकले, लघुवित्त समुह ६९ दशमलव ४७ अंकले, जलविधुत समुह ५९ दशमलव ८ अंकले,  विकास बैँक समुह  ४५ अंकले, बैँक समुह ४२ दशमलव ५२ अंकले, उतपादनमुलक समुह  २५ दशमलव ३२ अंकले, फाइनान्स समुह १३ दशमलव २६ अंकले र ट्रेडिड। समुह २ दशमलव ८७ अंकले  उकालो लागेको छ ।

सोमबार  अन्य समुह भने ओरालो लागेको छ। आज अन्य समुह ० दशमलव ८७ अंकले ओरालो लागेको छ ।

 

प्रकाशित : १७ पुष २०७४, सोमबार १७:५६