सूचिकृत कम्पनीलाई कम्पनीको लेखा परिक्षण भएको वित्तीय विवरण र शेयरधनीको सूचि बुझाउन नेप्सेको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सूचिकृत कम्पनीलाई कम्पनीको लेखा परिक्षण भएको वित्तीय विवरण र शेयरधनीको सूचि बुझाउन नेप्सेको निर्देशन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सूचिकृत कम्पनीलाई कम्पनीको लेखा परिक्षण भएको वित्तीय विवरण र शेयरधनीको सूचि बुझाउन निर्देशन दिएको छ । नेप्सेले विज्ञप्ती जारी गर्दै सूचिकृत सबै कम्पनीकोहरुको प्रमोटर/पब्लिक शेयरधनीको सूची (पूरा नाम र शृेयर संख्यासहित) साथै आव २०७३/७४ को लेखा परीक्षण सम्पन्न भएको वित्तीय विवरण, लेखा परिक्षण नभएको भए विगत तीन वर्षको वित्तीय विवरण बुझाउन निर्देशन दिएको हो ।

नेप्सेले सूचिकृत कम्पनीहरुको वर्गिकरणका गर्नका लागि उक्त विवरणहरु माग गरेको बताएको छ । उक्त विवरणहरु आगामी माघ १० गतेभित्र उपलब्ध गराउन नेप्सेले आग्रह गरेको छ ।

धितोपत्र सूचिकरण विनियमावली, २०५३ मा गरिएको व्यवस्था अनुसार चुक्ता पुँजी (साधारण शेयर) कम्तिमा २ करोड भएको, साधारण शेयरवालाहरुको संख्या कम्तिमा १००० जना भएको, सार्वजनिक रुपमा शेयर बिक्री गरेको, कम्तिमा ३ वर्ष अगाडि देखि लगातार मूनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा उक्त आर्थिक वर्षको कारोबार तथा आय व्यय विवरण स्टक एक्सचेन्जमा पेश गरिसकेको कम्पनीलाई क वर्गमा वर्गिकरण गर्न सक्नेछ ।

प्रकाशित : १८ पुष २०७४, मंगलवार १२:१३