भकुण्डेबेसीमा लक्ष्मी बैंक ५४ औं शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भकुण्डेबेसीमा लक्ष्मी बैंक ५४ औं शाखा



काठमाडौं  । लक्ष्मी बैंक लि.को सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले काभ्रे जिल्लाको भकुण्डेबेसीमा ५४ औं शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले पुस १७ गते एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन गरेको हो ।

यस वित्तीय संस्थाका संचालक समितीका अध्यक्ष अजय विक्रम शाहले प्रथम कर्जा वितरण कार्यक्रममा ६ जनालाई कर्जा प्रवाह गरि कारोवार शुभारम्भ गरेका थिए ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त राष्ट्रियस्तरको लघुवित्त संस्था हो । यस संस्थाको अधिकृत पूजी रु.४० करोड तथा चुक्ता पूंजी रु.२४.२० करोड रहेको छ । संस्थाले विपन्न वर्गको जीवस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य लिएको छ ।

संस्थाको केन्द्रीय कार्यलय काठमाण्डौंमा रहेको छ । हाल संस्थामा ६१ हजार भन्दा बढी सदस्यहरु आवद्ध रहेका छन ती सदस्यहरुबाट रु ७६ करोड बचत संकलन तथा रु २ अर्ब ४० करोड लगानीमा रहीरहेको कर्जा रहेको छ । यस संस्थाले ३९ वटा जिल्लाहरुमा आफ्नो शाखा बिस्तार गरेको छ ।

प्रकाशित : १८ पुष २०७४, मंगलवार १२:१७