तपाईको मोबाइलमा सेभ नभएको वा नचिनेको नम्बरबाट अायो ? अब यसरी पत्ता लाग्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तपाईको मोबाइलमा सेभ नभएको वा नचिनेको नम्बरबाट अायो ? अब यसरी पत्ता लाग्छ



काठमाडाै । तपाईको मोबाइलमा सेभ नभएको वा नचिनेको नम्बरबाट आएको फोन कसले गरेको हो भनेर सजिलै पत्ता लाग्ने एप्स नेपाली बजारमा आएको छ ।तपाइँको मोबाइलमा घण्टी बज्नासाथ कसले फोन गरेको हो भन्ने कुरा सहजै पत्ता लाग्छ । नेपालीले नेपालीकै लागि बनाएको यो एप्स नेपाली बजारमा पहिलो हो । नेपाली बजारमा पनि केही यस्ता एप्स छन् जो तपाइँको दैनिक जनजीवनमा महत्वपूर्ण सावित भएका छन् ।

अब तपाइँ सिधै गुगल प्लेस्टोरमा गएर नेपालीले नेपालीकै लागि बनाएको यो एप्स प्रयोग गर्न सक्नुहुनेछ । विश्व बजारमा एप्सको प्रतिष्पर्धा भैरहेका बेला नेपाली बजारमा पनि त्यस्तै खालका एप्सहरु सार्वजनिक हुने क्रममा मोबाइल प्रयोगकर्तालाई ध्यानमा राखेर “Nepal Caller : नेपाल कलर ” गुगल प्लेस्टोरमा राखिएको हो ।

अहिले यो एप्लिकेसन एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध रहेको र यस एपले छिट्टै प्रयोगकर्ताको विश्वास जित्नेछ भन्ने आशा गरेका छौं ।

डाउनलोड कसरी गर्ने ?

तपाइँको मोबाइलमा रहेको गुगल प्ले स्टोरमा जानुहोस्, “Nepal Caller” सर्च गर्नुहोस् । अनि त्यसमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुनेछ ।

प्रकाशित : १८ पुष २०७४, मंगलवार २१:५०