‘भ्रममा नपर्नुस, प्रदेश राजधानीबारे कुनै निर्णय भएको छैन’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

‘भ्रममा नपर्नुस, प्रदेश राजधानीबारे कुनै निर्णय भएको छैन’



काठमाडाै । सरकारले प्रदेशको अस्थायी तोकिएको भनी विभिन्न संचारमाध्यम आएको समाचारप्रति आफ्नो ध्यानकर्षण भएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले बुधबार एक विज्ञप्ति जारी गर्दै हालसम्म अस्थायी राजधानी तोक्ने सम्बन्धमा कुनै पनि निर्णय नभएको जनाएको हो ।

प्रबक्ता हरी प्रसाद पन्थीले जारि गरिएको बिज्ञप्तिमा संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको कार्यसञ्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारिएको छ । साथै त्यस्ता समाचारको भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका मात्रै तयार पारेको तर कुनै निर्णय नभएको कार्यालयले जनाएको छ । कर्र्यालयले प्रदेश नंं १ को विराटनगर, प्रदेश नंं २ को जनकपुर, प्रदेश नंं ३ को भक्तपुरको ठिमी, प्रदेश नंं ४ को पोखरा, प्रदेश नंं ५ को दाङ, प्रदेश नंं ६ को सुर्खेत र प्रदेश नंं ७ को धनगढी अस्थायी मुकाम प्रस्ताव गरेको छ ।

प्रकाशित : १९ पुष २०७४, बुधबार १६:२३