ग्लोबल आइएमईको ५८ औँ शाखारहित बैकिङ्ग सेवा सिन्धुपाल्चोकको मानेश्वरामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्लोबल आइएमईको ५८ औँ शाखारहित बैकिङ्ग सेवा सिन्धुपाल्चोकको मानेश्वरामा



काठमाडौ । ग्लोबल आइएमई बैंकले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ मानेश्वरामा आफ्नो ५८ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले पुस १९ गते बुधबार एक कार्यक्रमकाबीच उक्त शाखारहित बैंकिङ सेवाको सुरु गरेको हो ।

बैंकले उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय निर्मल राउतलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको याखा चोक लगायत त्यस वरपरका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको जनाएको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ५७ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

प्रकाशित : १९ पुष २०७४, बुधबार १६:५२