नेपाल एसबिआई बैंकले १५.४२ प्रतिशत बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल एसबिआई बैंकले १५.४२ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले १५.४२ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ । बैंकको आज राजधानीमा सम्पन्न २४ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट एक अर्व सात करोड ५१ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

उक्त बोनस सेयर वितरण पश्चात बैंकको चूक्ता पूँजी आठ अर्व रुपैयाँ पुग्ने छ । त्यस्तै सोही साधारण सभाले ५ करोड ६५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ करोड ८९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने सो अवधी सम्ममा ८६ अर्व ६२ करोड रुपैयाँ निक्षेप संकलन गरि ६७ अर्व ८४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल बैंकले ७९ वटा बैंकिङ इकाई, २ वटा मोवाईल एटिएम, एसबिआई इनटच र विद्युतीय गाँउ जस्ता २ वटा दुईवटा परियोजना सहित १०२ वटा एटिएम मार्फत देशका ३६ जिल्लामा आफ्नो सेवा दिदै आएको छ । चालु आर्थिक वर्षमा १२ वटा शाखा विस्तारको योजना रहेको छ ।

प्रकाशित : १९ पुष २०७४, बुधबार १८:३७