मिस्ड कलको फाइदा, कमाउने नयाँ काइदा ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मिस्ड कलको फाइदा, कमाउने नयाँ काइदा !



एजेन्सी । के तपाइले कसैलाई मिस्ड कल दिनुभएको छ ? तपाइले मात्रै होइन मिस्ड कलकै माध्यामबाट केही कम्पनीले विज्ञापनको मोटो रकम बचाइराखेका छन् ।

दिनभरीमा एक वा दुई साथीलाई मिस्ड कल दिएर यदि कसैले आफ्नो एक दुई रुपैयाँ जोगायो भने उसलाई कञ्जुस भनिन्छ । तर त्यस्ता कम्पनी जो यस्तै मिस्ड कलको फाइदा उठाएर आफ्नो सामानको विज्ञापन गर्छन् तिनलाई के भन्ने ? भारत जस्तो १ सय करोड भन्दा बढी मोबाइल प्रयोगकर्ता भएको देशमा मिस्ड कल अब यस्तो धन्धा बनेको छ कि विभिन्न स्वदेशी तथा विदेशी कम्पनीले पनि यसबाट फाइदा लिइरहेका छन् । विश्वभर अहिले मिस्डकल धन्धाको चर्चा हुन थालेको बिबिसी हिन्दीले समाचार लेखेको छ ।

ति कम्पनीहरुले यसलाई ‘मिस्ड कल मार्केटिङ’ भन्ने गरेका छन् । कुनै पनि ग्राहकले जुनसुकै नम्बरमा फोन गरेर एक रिंग दिनेवित्तिकै फोन काटेपछि कम्पनीले त्यहि नम्बरमा फोन गरेर आफ्नो सेवा र उत्पादन बारेमा जानकारी दिने गरेका छन् ।

मिस्ड कल सेवा दिने कम्पनीहरुले यदि मार्केटिङ र विज्ञापनमा खर्च गर्नुपथ्र्याे भने मोटो रकम खर्चनुपर्ने बताउँछन् । तर मिस्ड कलको सहयोगबाट ग्राहक कम्पनीहरु खोज्दै आउँछन् र कम्पनीको पैसा बचाइदिन्छन् । नेपालीहेडलाईन्सबाट

प्रकाशित : १९ पुष २०७४, बुधबार २०:१०