नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्र ढुङगाना सर्वसम्मत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्र ढुङगाना सर्वसम्मत



काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्र ढुङगाना सर्वसम्मत चयन भएका छन् । आजै बस्ने विशेष साधारण सभाले उनलाई औपचारिक रुपमा अध्यक्षको घोषणा गर्ने छ ।

गत आइतबार सम्म कुनै पनि बैंकर्सले अध्यक्षमा दाबेदारी नदिएपछि संघका उपाध्यक्ष रहदै आएका ढुङगाना एक्ला उम्मेदवार रहेको बैंकर्स संघले जनाएको छ। ढुङगाना नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत हुन ।

बैंकर्स संघको अध्यक्ष हुनका लागि व्यक्ति र संघ एउटै हुनुपर्ने प्रवधान छ । सोही कारण यसअघि संघको नेतृत्व सम्हाल्दै आएका अनिलकेशरी शाहले मेगा बैंक छाडेपछि स्वत अध्यक्ष पद खाली भएको थियो ।

प्रकाशित : २० पुष २०७४, बिहीबार १०:४२