प्रभु बैंकको हकप्रद सुरक्षित गर्नुभो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु बैंकको हकप्रद सुरक्षित गर्नुभो ?



काठमाडौं । प्रभु बैंकले माघ ७ गतेदेखि ४० प्रतिशत हकप्रद शेयरको बिक्री खुल्ला गर्दैछ । हकप्रद प्रयोजनका लागि पुस २१ गते देखि बैंकको शेयरधनी पुस्तिका बन्द हुँदैछ । यसर्थ बैंकको हकप्रद सुरक्षित गर्न चाहनेले आजसम्म शेयर खरिद गर्नुपर्ने हुन्छ ।

प्रभुले १० बराबर ४ अनुपातमा २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री गर्न लागेको हो ।

बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । बैंकको हकप्रदमा पुस २० गतेसम्म कायम शेयरधनीले माघ ७ गतेदेखि फागुन १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड १४ लाख २ हजार रुपैयाँ रहेको छ । उक्त ४० प्रतिशत हकप्रद निष्काशनपछि बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

हकप्रदमा आस्बा सदस्य सबै बैंक तथा वित्तीय संस्था, सनराईज क्यापिटल लिमिटेड कमल पोखरी, प्रभु बैंकको प्रधान कार्यालय साथै बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित : २० पुष २०७४, बिहीबार ११:१८