आरके गोल्छा ग्रुपले नेपाली बजारमा भित्र्यायो क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आरके गोल्छा ग्रुपले नेपाली बजारमा भित्र्यायो क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादन



काठमाडौं । नेपालको उद्योग तथा व्यापारको क्षेत्रमा प्रतिष्ठित गोल्छा ग्रुपअन्तरगतको आरके गोल्छा ग्रुपले भारतीय बजारमा प्रख्यात क्रिष्टल इलेक्ट्ीकका विद्युतीय उत्पादनहरुको नेपाली बजारमा बिक्री बितरण सुरु गरेको छ ।

बुधबार एक कार्यक्रमका बिच आरके गोल्छा ग्रुपलको आरिहान्त कमर्शियलले क्रिष्टल इलेक्ट्रीकको क्रिष्टल स्वीचगियर्सको बिक्रीबितरण सुरु गरेको हो ।

नेपालमा गोल्छा अर्गनाइजेशन अन्तरगतको आरिहान्त कमर्शियल प्रालिले आधिकारिक रुपमा क्रिष्टलका उत्पादनहरुको बिक्रीबितरण गर्नेछ ।आरिहान्तकमर्शियलले नेपाली बजारमा विद्युतीय उपकरण अन्तरगत काएमसीसीबी, डिष्कनेक्टर फ्यूज, चेञ्जओभर सिरिज भित्र्याएको हो । त्यसै गरी क्रिष्टलका उत्पादनहरु गिजर, स्वीच फ्यूज युनिट, एमसीबी, अफलोड चेञ्जओभर, एमसीबी डिष्ट्रीव्यूसन बोर्ड लगायतका उत्पादन नेपाली बजारमा भित्रिएका छन् ।

अहिले बजारमा पाइने उत्पादनहरुको तुलनामा क्रिष्टलका उत्पादनहरु गुणस्तरीय रहेको आरिहान्त कमर्शियलका महाप्रबन्धक विजयकुमार रायलेदाबी गरे । उनले छोटो समयमा नै आफ्ना उत्पादनहरु उच्च गुणस्तरका कारण नै लोकप्रिय बन्ने विश्वास समेत व्यक्त गरे ।

साथै कम्पनीले क्रिष्टल ब्राण्डको नयाँप्रविधिको ट्रान्सफरमर नेपाली बजारमा ल्याएको छ । सिएसपि(कम्लिट सेल्फप्रोटेक्सन) प्रविधिकायी साधानले विद्युतमहशुल न्युनिकरण गर्न सहयोग गर्छ र ट्रान्सफरमरको आयु समेत बढाउछ । यो प्रविधि नेपालमा विद्युतखपत कम गर्नका लागिउपयोगीहुने कम्पनीको भनाई छ ।

बजारमा आफ्नो उपस्थिती बलियो बनाउनकालागि उपभोक्तालाई सुपथ मूल्यमा आफ्ना उत्पादन बिक्री बितरण गर्ने लक्ष्य गोल्छा समुहले लिएको छ ।

‘भारतीयबजारमा क्रिष्टलका उत्पादनहरुअधिक रुचाइएका छन् । उच्च गुणस्तरका कारण नै यो सम्भव भएको हो । अब नेपाली उपभोक्ताले पनि हाम्रो उत्पादनको भरपुर सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौं।,’ महाप्रबन्धक रायले भने ।

आईएसओ ९००ः२०१५ मान्यताप्राप्त क्रिष्टल इलेक्ट्रीकका उत्पादनहरुले भारतका विभिन्न ल्याब परीक्षणमा उत्कृट नतिजा प्राप्त गरेका छन् । सन् १९६० देखि विद्युतीय उत्पादन सुरु गरेको क्रिष्टलले उपभोक्ताको मन जित्न सकेका कारण नै विभिन्न अवार्डहरु समेत प्राप्त गरेको छ ।

प्रकाशित : २० पुष २०७४, बिहीबार १४:४३