प्रभु लाइफ इन्स्योरेन्सको नयाँ शाखा कार्यालय वीरगंजमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु लाइफ इन्स्योरेन्सको नयाँ शाखा कार्यालय वीरगंजमा



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय वीरगंजमा विस्तार गरी कारोबार सुरु गरेको छ । कम्पनीका संचालक सुभाष अमात्यले बिहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले आगामी निकटतम दिनहरुमै कम्पनीले देशैभरी थप शाखाहरु बिस्तार गर्दे लैजाने जानकारी गराएका छन् । साथै, कम्पनीका संचालक अमात्यले यस इन्स्योरेन्सले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरेका छन् । ‘हामी जीवन बीमा बजारमा केही नयाँ गर्न आएका हौं । जीवन बीमा क्षेत्रमा हामीले छुट्टै स्थान बनाउनेछौँ’ उनले भने, अहिलेको जीवन बीमाको बजार विस्तारसँगै यसलाई परिपक्व र गतिशिल बनाउने योजना सहित हामी आएका छौं ।‘

कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्य सहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा नयाँ आयाम थप्ने दाबी गरे । ‘हामी शहरसँगै गाउँसम्म जीवन बीमा विस्तार गर्नेछौं । गाउँका किसानदेखि साना व्यापार गर्नेसम्मलाई लक्षित गरेर बीमा पोलिसी ल्याउनेछौं’ उनले भने, हाम्रो उदेश्य परम्परागत बीमा बजार भन्दा माथि उठेर व्यवसाय गर्ने हो ।‘

कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले आगामी ३ बर्ष भित्र कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल बिस्तार गर्ने जानकारी गराएका छन् ।

दुई अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समय भित्रै ४० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ ।

प्रकाशित : २० पुष २०७४, बिहीबार १५:२८