रसुवागढी हाइड्रोपावरले पायो आईपिओ निष्काशनको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रसुवागढी हाइड्रोपावरले पायो आईपिओ निष्काशनको अनुमति



काठमाडाै । चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर लिमिटेडले पहिलो चरणको आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पहिलो चरणमा सीमित साधारण शेयर जारी गर्ने गरी निष्काशन अनुमति दिएको हो ।

कूल १११ मेगावाट क्षमताको यस आयोजनाले पहिलो चरणमा रु एक अर्ब ६४ करोड २१ लाख ४० हजार बराबरको एक करोड ६४ लाख २१ हजार ४० कित्ता शेयर निष्काशन गर्ने छ । यद्यपि यो शेयरमा सर्बसाधारणले भने आवेदन दिन पाउने छैनन् । यस पहिलो चरणको आईपिओमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीका कर्मचारीले मात्र खरिद गर्न पाउने छन् ।

शेयर संरचनाअनुसार कोषका पाँच लाख सञ्चयकर्ता लागि १९.५ प्रतिशत, प्राधिकरणका लागि ३.५ प्रतिशत र सञ्चयकोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत शेयर बिक्री गरिनेछ ।

यस पछि आयोजना प्रभावित रसुवालीका लागि १० प्रतिशत र अन्य सर्वसाधारणका लागि १५ प्रतिशत शेयर बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीले सिद्धार्थ क्यापिटल, एनआइबिएल, ग्लोबल आइएमइ र एनसिएम मर्चेन्ट बैंकिङमार्फत साधारण शेयर बिक्री गर्नेछ ।

प्रकाशित : २० पुष २०७४, बिहीबार १७:०४