एनआईसी एसियाको १ अर्बको म्युचअल फण्ड निष्कासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआईसी एसियाको १ अर्बको म्युचअल फण्ड निष्कासन



काठमाडौं, पुस २१ । एनआईसी एसिया बैंकको सहायक कम्पनी एनआईसी एसिया क्यापिटलले १ अर्ब रुपैयाँको एनआईसी एसिया क्यापिटल ग्रोथ फंड (सामुहिक लगानी कोष) को ईकाई बिक्रीमा ल्याएको छ ।

क्यापिटलले १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड ईकाइको बिक्री गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक एनआइसी एशिया बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वासाधारणलाई निष्कासन खुल्ला भएको हो ।

 

शेयर प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाई अर्थात १०० रुपैयाँ र अधिकतम २० लाख इकाई अर्थात २ करोड रुपैयाँको आवेदन दिन सकिनेछ ।

क्यापिटलले ल्याएको सात बर्षे बन्दमुखी यो सामुहिक लगानीकोषमा माघ २ गतेदेछि छिटोमा माघ ८ र ढिलोमा माघ २१ सम्म आवेदन दिनसकिने क्यापिटलले जनाएको छ ।

आवेदन एनआईसी एसिया क्यापिटल र नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित : २१ पुष २०७४, शुक्रबार ०९:०१