उन्नती माइक्रोफाइनान्सको साधारण शेयर निष्कासन, यी स्थानबाट अावेदन दिनुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उन्नती माइक्रोफाइनान्सको साधारण शेयर निष्कासन, यी स्थानबाट अावेदन दिनुस्



काठमाडौं । उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ६५ हजार कित्ता शेयर निष्कासन गरेको हो । जसमध्ये कुल शेयर निष्कासनको ४ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर कर्मचारी र ५ प्रतिशत अर्थात ८ हजार २५० कित्ता शेयर सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । बाँकी १ लाख ५० हजार १५० कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । पुस २१ गते आजदेखि निष्कासन भएको शेयरमा आवेदकले छिटोमा पुस २५ र ढिलोमा माघ ५ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर भर्न इच्छुक आवेदकले न्यूनतम १० कित्ता अर्थात एक हजार र अधिकतम ८२० कित्ता अर्थात ८२ हजार रुपैयाँ सम्म आवेदन दिन सक्नेछन् ।

शेयरमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

हाल ३ करोड ८५ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको १ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर जारी गरेपश्चात पूँजी ५ करोड ५० लाख पुग्नेछ ।

प्रकाशित : २१ पुष २०७४, शुक्रबार ०९:०४