पोखरा फाइनान्सले लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पोखरा फाइनान्सले लाभांश दिने



काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले ०.५ प्रतिशत नगद लाभांश र ९.५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ को मूनाफाबाट ०.५ प्रतिशत नगद लाभांश र ९.५ प्रतिशत बोनस शेयर दिने भएको हो ।कम्पनी सञ्चालक समितिको विहीबार सम्पन्न ४३९ औं बैठकले सो लाभांश घोषणा गरेको हो ।

कम्पनीकाे चुक्ता पूँजीको ०.५ प्रतिशले हुन आउने ३२ लाख ७८ हजार ९ सय ४२ रुपैयाँको नगद लाभांश र ९.५ प्रतिशतले हुन आउने ६ करोड २२ लाख ९९ हजार ९ सय ७ रुपैयाँको बोनस शेयर दिन लागेको हो । कम्पनीको चुक्ता पूँजी हाल ६५ करोड ५७ लाख ८८ हजार ४ सय ९२ रहेको छ ।

प्रकाशित : २१ पुष २०७४, शुक्रबार १२:१५