जगत लामा (घिसिङ) को “शैलुङ महबर” म्यूजिक भिडियो सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जगत लामा (घिसिङ) को “शैलुङ महबर” म्यूजिक भिडियो सार्वजनिक



काठमाडौं ।  युवा गायक जगत लामा (घिसिङ) को नयाँ नेपाली लोक पप गीत “शैलुङ महबर” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

घिसिङको लोक पप गीत “शैलुङ महबर” म्यूजिक भिडियोलाई युट्यूव च्यानेल म्युजिक प्लस नेपाल मार्फत वाहिर ल्याएको हो। तामाङ भाषाको गीत “तेमाल ग्याम्से ” को अपार सफलता पछी “सिमलको भुवा” हुँदै अहिले यो भिडियो बजारमा आएको हो ।

धर्म बज्र लामाद्वारा निर्देशित यस भिडियोमा मोडल जगत घिसिङ, सिमा थिङ र मनु थापाले एकदमै अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् ।

विल्कुलै फरक धारमा निर्मित “शैलुङ महबर” पप म्यूजिक भिडियोमा गायक तथा संगीतकार जगत लामा (घिसिङ) को संगीत तथा स्वर रहेको छ। त्यस्तैगरी साङगे लामा ब्लोनको शब्द र बाबु घिसिङ तामाङको एरेञ्जरमा तयार पारिएको भिडिय पेमा मान  सिहले सम्पादन गरेका हुन् भने सुलव दवाडीले छायांकन गरेका छन्।

 

प्रकाशित : २१ पुष २०७४, शुक्रबार १५:१३