राष्ट्रपति भन्छिन् – उर्जाको विकास अपेक्षित भएन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रपति भन्छिन् – उर्जाको विकास अपेक्षित भएन



काठमाडाै । राष्ट्रपति  विद्यादेवी भण्डारीले मुलुकमा उर्जाको विकास अपेक्षित रुपमा हुन नसकेको बताएकी छन् । उर्जा उत्पादन सुरु भएको एक सय सात वर्षको इतिहासमा जम्मा ९ सय मेगावाट मात्र जलविद्युत उत्पादन भएको भन्दै राष्ट्ररपति भण्डारीले सरकार, निजी क्षेत्र सबै एक भएर लाग्नु पर्ने बताएकी हुन् ।

शुक्रबार हिमालयन हाइड्रो एक्स्पो २०१८ को उद्घाटन गर्दै राष्ट्ररपति भण्डारीले उर्जाको विकास नभएकाले समग्र मुलुकको विकास अपेक्षित हुन नसकेको बताएकी हुन् । उनले पर्याप्त जालस्रोतको अधिकतम सदुपयोग गर्दै उर्जा विकासमा लाग्न सरकार तथा सम्बद्ध पक्षसँग आह्वान गरेकी छन् । हाइड्रो एक्स्पोले उर्जा विकासका लागि सहजीकरण गर्ने मार्ग पहिचान गरि समस्या समाधानमा योगदान पुग्ने राष्ट्रपतिको अपेक्षा छ ।

नेपालमा पहिलो पटक आयोजना भएको अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पोलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मुलुकको विकासको सूचक उर्जा खपत भए पनि अवस्था निराशाजनक भएको बताइन् । जलविद्युतको विकासमा बाधक बनेको प्रशासनिक र कानुनी प्रकृया सहज बनाउन उनले सरकारसँग आग्रह गरिन् । नवीकरणीय उर्जाको विकासलाई उत्तिकै प्राथमिकतामा राख्नु पर्ने बताएकी राणाले निजी क्षेत्र जलविद्युत विकासमा प्रतिबद्ध रहेको बताइकी थिइन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरीभक्त शर्माले देशमा अधिक मात्रामा रोजगारी श्रृजना गर्न उर्जा विकासलाई पहिलो प्राथमिकता दिनु पर्ने बताए । उर्जा विकासबाट तिब्र औधोगिकरण गरी विश्वमा उदाहरण प्रस्तुत गर्न सकिने उनको भनाई थियो ।  स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा लिको आयोजनामा हाइड्रो एक्स्पो सुरु भएको हो ।

 

एक्स्पोलाई सम्बोधनगर्दै इपानका अध्यक्ष गुरागाईले राजनितिक दल, सरकार र सम्बन्ध पक्षले उर्जा विकासमा प्रतिबद्धता जनाउनु पर्ने बताए । उर्जा विकासमा प्रयोग हुने प्रविधि दशकौं पुरानो हुनुले लागत धेरै हुने तथा नतिजा राम्रो नआउने गरेको इपान अध्ष्यक्ष गुरागाईको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा प्रचलनमा रहेका आधुनिक प्रविधिलाई नेपालमा भित्र्याउनका लागि हाइड्रो एक्स्पोको आयोजना गरिएको उनको भनाई छ । यसले विभिन्न मुलुकसँग उर्जा उत्पादनका नयाँ प्रविधिको ज्ञान लिने अवसर श्रृजना गर्दै उर्जा विकासमा महत्वपुर्ण योगदान पुग्ने उनको भनाई छ ।

पुस २१ गते देखि २३ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने हाइड्रो एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी स्टल रहेका छन् । जसमध्ये पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको छ ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता छ ।

विशेष गरी  ljz]if u/L CMC Italy , VOITH- Germany, CRYSTAL – India, FLOVEL-India, VAPTECH- Bulgaria, MAVEL- Czech Republic , BFL-India, Powerchina – China, CSEC – China जस्ता बहुर्राष्ट्रिय कम्पनी पनि एक्स्पोमा सहभागी छन् । ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पुरयाउने एक्स्पोको आयोजक एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । सबै नेपाली एक भएर जुटेको खण्डमा कम लागतमा अधिक उर्जा उत्पादन सम्भव रहेको उनको भनाई छ ।

एक्स्पो अवधीमा हाइड्रो पावरका मुख्य मुख्य विषयमा सेमिनार समेत संचालन गरिएको छ । पहिलो दिन पुष २१ गते हाइड्रो टनेलिङ, दोस्रो दिन पुष २२ गते बैंकिंग तथा इन्स्योरेन्स र अन्तिम दिन पुष २३ गते हाइड्रो पावर सम्बन्धि सेमिनारहरु संचालन हुनेछन् । एक्स्पो अवधिभर दैनिक रुपमा फरक फरक बिषयमा ६ वटा भन्दा बढी सेमिनार संचालन गरिने छ ।

यसै गरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार भएका वस्तु तथा सेवा बिच प्रतिस्पर्धा समेत हुँदैछ । यस क्षेत्रसँग सम्बन्धित नयाँ वस्तु तथा अवधारणा विकास गर्नेहरु मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कृत समेत गरिने छ ।

उक्त प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ पचपन्न पैसा तथा द्वितीय र तृतीय हुनेलाई क्रमश २२ हजार २२२ रुपैयाँ २२ पैसा र ११ हजार १११ रुपैयाँ ११ पैसा नगद पुरस्कार प्रदान गरिने छ ।एक्सपोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, उर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ । नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन्स, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सले एक्स्पोलाई सहयोग गरेका छन् ।

नेपाल टनेलिङ एसोसिएशन, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग बाणिज्य संध, नेपाल युरोपियन चेम्वर अफ कर्मश एवं स्वदेशी तथा विदेशी कम्पनीहरुको पनि एक्स्पोलाई सहयोग रहेको छ । एक्स्पोको प्लाटिनियम प्रायोजक इटलीको सिएमसी दी रभेन्ना कम्पनीले गर्ने भएको छ । अफिसियल पार्टनरको रुपमा होटल अन्नपूर्ण, नेपाल सिपिङ एण्ड एयर लजिस्टिक प्रा ली र एनएमबि बैंक लिमिटेड रहेका छन् ।

प्रकाशित : २१ पुष २०७४, शुक्रबार १८:४०