एसियामा तेलको मूल्य घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एसियामा तेलको मूल्य घट्यो



काठमाडौं । एसियाली कारोबारमा सोमबार तेलको मूल्य घटेको छ । अगस्टको मिश्रित रोजगारी तथ्यांकपछि अमेरिकी फेडरल रिजर्भले ब्याजदर वृद्धि गर्ने निर्णय लिने वा नलिने भन्ने प्रतीक्षामा  रहेकाले मूल्य ओरालो लागेको हो । अक्टुबर आपूर्तिको अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट ३५ सेन्टले ओरालो लागेर प्रतिब्यारेल ४५ दशमलब ७० डलर कायम भएको छ ।

यसैबीच अक्टुबर आपूर्तिकै ब्रेन्ट कच्चा तेलको मूल्यमा पनि ३८ सेन्टले गिरावट आएर प्रतिब्यारेल ४९ दशमलब २३ डलर कायम भएको छ ।-एजेन्सी

प्रकाशित : २२ भाद्र २०७२, मंगलवार ०३:२५