वित्तीय साक्षरताको लागि ग्लोबल आइएमई बैंकको प्रभातफेरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वित्तीय साक्षरताको लागि ग्लोबल आइएमई बैंकको प्रभातफेरी



काठमाडौं । ग्लोबल आइएमई बैंकले एघारौँ बर्ष पूरा गरि बाह्रौँ बर्षमा प्रबेश गरेको अवसरमा बिभिन्न कार्यक्रमको अयोजना गरेको छ । एघारौँ बाषिर्कोत्सवको अवसरमा बैंकले शनिबार राजधानीमा वित्तिय साक्षरता जगाउने उद्धेश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

“बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाण्डौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समितिका पदाधिकारीहरु लगायत उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, कमलादी, कमलादी गणेशथान, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, बीरहस्पिटल, जमल हुदै पुन कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो ।

बैकले काठमाण्डौँ उपत्यका मा मात्र नभएर काठमाण्डौ बाहिर बिभिन्न ठाउँहरु, नारायणघाट, नेपालगञ्ज, बुटवल, भैरहवा, लाहान, पोखरा लगायतका स्थानमा पनि प्रभातफेरि कार्यक्रमको आयोजना गरेको थियो ।

एघारौँ वाषिर्कोत्सव विभिन्न ११ वटा कार्यक्रमको आयोजना गर्ने क्रममा बैंकले यसअघि इन हाउस फुटसल, तथा रक्तदान कार्यक्रमको आयोजना गरिसकेको छ अन्य कार्यक्रमहरु आयोजना गर्ने क्रममा रहेको छ ।

प्रकाशित : २२ पुष २०७४, शनिबार १६:१९