सेन्ट्रल फाईनान्सको हकप्रद बिक्रि खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेन्ट्रल फाईनान्सको हकप्रद बिक्रि खुला



काठमाडाै । सेन्ट्रल फाईनान्सले आज पुस २३ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । सेन्ट्रल फाईनान्सले २ शेयर बराबर १ (२ः१) शेयरको अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो ।

 

सेन्ट्रल फाईनान्सले प्रति शेयर मूल्य रु १०० अंकित दरको २६ लाख ३ हजार ३ सय १४ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले माघ २८ गतेसम्म हकप्रद भर्न सक्ने छन् । हकप्रद शेयर निष्काशनको लागि एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड बिक्री प्रबन्धकमा रहेको छ ।

लगानीकर्ताले एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडको कार्यालय लाजिम्पाट, सेन्ट्रल फाइनान्सका शाखा कार्यालय हरु , नेपाल इन्भेस्टमेन्ट बैंकका बिराटनगर , बिरगंज, नेपालगञ्ज, इटहरी, र धनगढी शाखाबाट आवेदन दिन सक्ने छन् । त्यस्तै आस्वा सदस्य बैंकबाट पनि हकप्रद भर्न सकिने छ ।

सेन्ट्रल फाईनान्सकोे हाल कायम चुक्ता पुँजी रु ५२ करोड ६ लाख ६२ हजार ८ सय १५ रहेकोमा हकप्रद शेयर निष्काशन पछि कुल चुक्ता पुँजी रु ७८ करोड ९ लाख ९४ हजार २ सय २० पुग्नेछ ।

प्रकाशित : २३ पुष २०७४, आईतवार ११:३४