सिटिजन्सले ल्यायो १ अर्बको सामूहिक लगानी कोष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिटिजन्सले ल्यायो १ अर्बको सामूहिक लगानी कोष



काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलको सहायक कम्पनी सिबिआइएल क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको सामूहिक लगानीकोषको इकाई बिक्रीमा ल्याएको छ । क्यापिटलले १० रुपैयाँ प्रतिकाईका दरले १० करोड इकाईको बिक्री गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन खुल्ला गरेको हो ।

शेयर प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाई अर्थात १०० रुपैयाँ र अधिकतम २० लाख इकाई अर्थात २ करोड रुपैयाँको आवेदन दिन सकिनेछ ।

क्यापिटलले ल्याएको सात बर्षे बन्दमुखी यो सामुहिक लगानीकोषमा माघ २ गतेदेछि छिटोमा माघ ७ र ढिलोमा माघ १७ सम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

आवेदन सिबिआईएल क्यापिटल र नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित : २३ पुष २०७४, आईतवार १४:२३