हिमालय हाइड्रो एक्स्पोको अाज अन्तिम दिन, के के छन अाकर्षण ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालय हाइड्रो एक्स्पोको अाज अन्तिम दिन, के के छन अाकर्षण ?



काठमाडाै । संमृद्ध राष्ट्र निमार्णका लागि पुरानो प्रविधिलाई भन्दा नयाँ प्रविधिलाई प्रयोग गर्नुपर्छ भन्ने उद्देश्यका साथ गत पुस २१ गते देखि सुरु भएको हिमालय हाइड्रो एक्स्पो इभेन्ट, २०१८ आज सकिदै छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा संचालित एक्स्पोमा हाइड्रोपावरका सामान उत्पादक ,सप्लायर्स, डिजाइनर्स,कन्सल्ट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैक÷तथा वित्त कम्पनीहरु लगायत झण्डै सय वटा भन्दा वढी स्टल छन् ।

फाइल फोटो

जल विद्युतको विकासका लागि आवश्यक नयाँ नयाँ प्रविधि र ज्ञानका लागि एक्स्पो फलदायी भएको आयोजकको दावी छ। जलविद्युत्त व्यावसायी ,लगानीकर्ता र सामाग्री निमार्णकर्ता एउटै थलोमा भेला भएर पहिलोपटक यस्तो एक्स्पो भएकोले मुलुकलाई ठूलो फाइदा पुगेको बताइएको छ । थोरै लगानीमा वढी विद्युत्त उत्पादन, कम मूल्यमा गुणस्तरीय प्रविधि र सस्तो दरमा आयोजना कसरी सम्पन्न गरिन्छ भन्नेसँगै नयाँ परियोजना र लगानीकर्ताहरुका लागि सुपथ मूल्य र नयाँ प्रविधका मेशिन समान भित्र्याउनको अवलोकनका लागि पनि एक्स्पोमा सहभागिताहरुको घुईचो लागेको छ।

आज सम्म ७० हजार भन्दा बढी मानिसले अवलोकन गरेको उक्त प्रर्दशनीमा हाइड्रोपावर सम्वन्धी अन्तराष्ट्रिय स्तरको सेमिनार पनि भएको छ । हाइड्रो वस्तु तथा सेवा सम्वन्धी नयाँ अवधारणा वारे विद्यार्थीहरु तथा व्यक्तिगत तवरवाट आविष्कार गरिएका वस्तु तथा सेवावीच प्रतिष्पर्धा गराई उत्कृष्टलाई पुरस्कारको व्यवस्था समेत गरेको छ । यस क्रममा विद्यार्थीहरुले जलविद्युत्तको नयाँ प्रविधि , पानी तान्ने प्रविधि लगायतका थुप्रै नयाँ थोरै लगानीवाट धेरै उत्पादन गर्न सकिने संभावनालाई प्रर्दशनीमा राखेको छ ।

प्रकाशित : २३ पुष २०७४, आईतवार १३:११